शिवम् सिमेन्ट्सको नाफा २८ प्रतिशतले घट्यो

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) को खुद नाफा २८.२३ प्रतिशतले घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २९ करोड १ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत देबेन्द्र सिन्हाले पदबाट राजीनामा दिएका छन् । कम्पनीको परफर्मेन्स कमजोर भएपछि सञ्चालक समितिले उनलाई हटाएको हो।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खर्च बढेका कारण खुद नाफा घटेको हो । कम्पनीको कुल खर्च गत आवको यसै अवधिको तुलनामा २२.९३ प्रतिशत बढेर १ अर्ब ९७ करोड २५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको खर्च १ अर्ब ६० करोड ४६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी भने १४.४९ प्रतिशतले बढेको छ । कम्पनीले असोज मसान्तसम्ममा २ अर्ब २० करोड ६७ लाख ११ हजार रुपैयाँ रुपेयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२७.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.९४ गुणा छ ।

शिवम् सिमेन्टको कम्पनी सर्वसाधारणलाई शेयर बिक्री गरेको पहिलो सिमेन्ट कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १० : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।