नेपाल प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटी बस्ने सप्तरीका २५ वर्षीय अमर नारायण दासलाई पक्राउ गरेको हो ।
उनको साथबाट नगद १६ लाख २० हजार ९०० रुपैयाँ हुन्डी रकम समेत पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया