
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलामा ९४ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ, तेजावी सुन ९४ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया