उत्कृष्ट १५ करदाता सम्मानित, सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल

0
Shares

सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उत्कृष्ट १५ विधामा कर तिर्नेहरुलाई सम्मान गरिएको हो ।

आन्तरिक राजस्व विभागले दशौं राष्ट्रिय कर दिवसका अवसरमा गरेको सो सम्मान गरेको हो । सरकारले बुधबार आर्थिक वर्ष २०७६/७७ मा पनि सबैभन्दा बढी १५ विधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

आव २०७६/७७ मा पनि सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीका रूपमा सम्मानित भएको छ । सूर्य नेपाल यसअघिका आर्थिक वर्षहरुमा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको थियो ।

व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सिद्धार्थ शम्सेर जंगबहादुर राणा सम्मानित भएका छन् । उद्योगी व्यवसायी राणाको सूर्य नेपाल प्रालीका साथै सोल्टी होटलमा लगायतका विभिन्न उद्योग तथा ब्यवसायमा समेत संलग्न रहेका छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) सबैभन्दा बढी आयकर तिर्ने करदाता कम्पनीका रूपमा सम्मानित भएको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल प्रालि सम्मानित भएको छ ।

यसैगरी विशेष उद्योगमध्ये एशियन पेन्टस, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये पुर्वाञ्चल एग्रिटेक प्रालि र बैंक तथा वित्तीय संस्थामध्ये नबिल बैंक सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सम्मानित भएको छ ।

त्यसैगरी सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी कर तिर्दै छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ भने बढी आयकर तिर्ने बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवामध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल लिमिटेड सम्मानित भएको छ ।

वस्तु ब्यापार व्यवसाय कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रुपमा भाटभटेनी सुपरमार्केट एण्ड डिपाटमेन्टल स्टोर, मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र (वार्षिक पाँच करोडदेखि ४० करोड रुपैयाँसम्म कारोबारमा) पर्ने करदातामध्ये कर्जा सूचना केन्द्र, उर्जामुलक उद्योगहरुमध्ये हिमाल पावर लिमिटेड सबैभन्दा धेरै कर तिर्दै सम्मानित भएको छ । र अन्त्यमा मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ उत्कृष्ट कर सहभागिता भएको करदतामध्ये घोराही सिमेन्ट इन्डष्ट्रिज प्राली सम्मानित भएको छ ।

कम्पनीले मुल्य अभिवृद्धि करतर्फ २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म समयमा नै कर विवरण र कर बुझाएका करदाता तथा आव २०७७/७८ मा सबैभन्दा बढी भ्याट तिर्ने करदताको रुपमा सम्मान पाएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ मंसिर २०७८, बुधबार  १४ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।