मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले थप सार्वजनिक निष्काशन (एफपीओ) गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेको छ ।
लघुवित्त कम्पनीले अंकित मूल्य १०० रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८० पैसा प्रिमियम थपेर प्रतिकित्ता १७७.८० रुपैयाँ दरमा एफपीओ जारी गर्नका लागि कार्तिक २३ गते निवेदन पेश गरेको बोर्डले जनाएको छ ।
कम्पनीले ९१ लाख २३ हजार ९८५ रूपैयाँ बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासनको अनुमति मागेको हो ।
एफपीओ निष्कासन गर्न मिर्मिरेले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
एफपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूआर बीबी’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम तथा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको चैत्र १८ गते सम्पन्न भएको दशौं वार्षिक साधारण सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
स्वेडा लघुवित्तलाई प्राप्ती गरेपश्चात कम्पनीको सर्वसाधारण शेयर स्वाप रेसियो ३० प्रतिशतभन्दा कम भएपछि संस्थापक सर्वसाधारण शेयर अनुपात मिलाउन लघुवित्तले एफपीओ निष्कासन गर्न लागेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया