छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश प्रस्ताव

0
Shares

छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्त सञ्चालक समितिको मंसिर १ गते, बुधबार सम्पन्न बैठकले चुक्ता पूँजीको २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका सहित ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल एक अर्ब ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित २७ प्रतिशत बराबरको ४९ करोड ४१ लाख बोनस शेयर वितरण पश्चात २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।

छिमेक लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २२ प्रतिशत बोनस र ७ प्रतिशत नगद गरी कुल २९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तो छ लघुवित्तको विगत वर्षको लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 22.00 7.00 29.00
2 2075/2076 27.11 17.21 44.32
3 2074/2075 18.00 22.00 40.00
4 2073/2074 19.89 25.11 45.00
5 2072/2073 40.00 12.70 52.70
6 2071/2072 40.00 12.70 52.70
7 2070/2071 35.00 10.00 45.00
8 2069/2070 33.23 15.00 48.00
9 2068/2069 25.00 17.10 42.10

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ मंसिर २०७८, बिहिबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।