बीमा कम्पनीहरूले विवरण उपलब्ध नगराउँदा वित्तीय विवरण प्रकाशनमा ढिलाईः पुनर्बीमा कम्पनी

0
Shares

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शंकर कुमार रायमाझीले बीमा कम्पनीहरू गैरजिम्मेवार रुपमा पस्तुत हुँदा कम्पनीले तोकिएको समयमा कम्पनीको वित्तीय विवरण प्रकाशन गर्न नसकिएको बताएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीले शनिबार काठमाण्डौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सीईओ रायमाझीले बीमा कम्पनीहरुले उपलब्ध गराउनुपर्ने विवरण समयमा नै उपलब्ध नगराउने प्रवृत्तिका कारण पुनर्बीमा कम्पनीको वत्तीय विवरण प्रकाशनमा सधैं ढिलाई हुने गरेको बताए ।

अन्य जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वित्तीय विवरण पनि प्रकाशन गरिसकेपनि तिनै बीमा कम्पनीले पुनर्बीमा कम्पनी कम्पनीमा उपलब्ध गराउने विवरणहरु उपलब्ध गराउन ढिलाई गर्दा आफुहरुले लगानीकर्तामाझ समयमा नै वित्तीय विरण प्रकाशनमा ल्याउन नसकिएको स्पष्ट पारे ।

पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास अर्थात चैतसम्माको मात्र वित्तीय विवरण प्रकाशन गरेको छ । अन्य ३९ बीमा कम्पनीहरुले भने चालु आव २०७८/७९ को प्रथम त्रैमास अर्थात असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गर्दा पुनर्बीमा कम्पनीकाे वित्तीय विवरण प्रकाशनमा ६ महिना ढिला हुँदै आइरहेको छ ।

बीमा कम्पनीहरूले गर्ने व्यवसायको २० प्रतिशत व्यवसायको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य गर्नुपर्ने प्रावधान रहेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले उपलब्ध गराउने तथ्याङ्कबाटै कम्पनीको वित्तिय विवरण तयार हुने गर्दछ ।

बीमा कम्पनीहरु ‘रुल अफ ल’ मा नचल्दा आफ्नो कार्य क्षमतामाथि नै प्रश्न उठ्ने अवस्था आएको उनले बताए । जिम्मेवार नियामक निकायहरुले खुट्टा टेक्नुपर्ने ठाउँमा नटेक्दिँदा समेत समस्या हुने गरेको उनको भनाई थियो ।

बीमा कम्पनीहरुले गर्ने व्यवसायको २० प्रतिशत व्यवसायको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य गर्नुपर्ने प्रावधान भएपनि कम्पनीको वास्तविक नाफा भने पाँच प्रतिशत मात्र रहने उनले बताए । यो नाफाबाट पुनर्बीमा कम्पनीले भुकम्प तथा कोभिड महामारीका समयका साथै नेपालमा सञ्चालित जलविद्युत आयोजनाहरुको बीमा ठूलो योगदान रहेको उनले बताए । भुकम्पको समयमा प्रतिबीमक ७ करोड रुपैयाँ र कोभिड महामारीको समयमा कम्पनीले १ अर्ब बढीको दाबी भुक्तानी गर्न सफल भएको उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ मंसिर २०७८, शनिबार  १४ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।