बैंकिङ कसुर मुद्दाका फरार लिम्बु पक्राउ

0
Shares

नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ्ग कसुर मुद्दामा फरार ताप्लेजुङ फुङलिङ नगरपालिका–११ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बुलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७६ मङ्सिर १० को फैसलापछि पाँच दिन कैद सजाय र बिगोबमोजिम ३० लाख जरिवना हुने फैसला गरेपछि फरार लिम्बुलाई शुक्रबार भक्तपुरको नयाँठिमीबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका लिम्बुले आफ्नो सिद्धार्थ बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याउँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार उक्त फैसला सुनाएको थियो ।

पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ मंसिर २०७८, शनिबार  १५ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।