मेट लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क संकलन बढ्यो, नाफामा भने संकुचन

0
Shares

मेट लाइफ इन्स्योरेन्स कम्पनीको नाफा पहिलो त्रैमासमा १०.५७ प्रतिशत अर्थात ७९ लाख ८७ हजार रुपैयाँले घटेको छ ।

चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ७५ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ७ करोड ५५ लाख ११ हजार नाफा कमाएको थियो ।

त्यसैगरी मेट लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षका पहिलो त्रैमासमा एक अर्ब ३० करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा १३ करोड ४९ लाख रुपैयाँले बढेको हो ।

चालू आवको तीन महिना अवधिमा इन्स्योरेन्स कम्पनीले लगानी, कर्जा तथा अन्य आम्दानीबाट ४२ करोड ४९ लाख रुपैयाँ, पुर्नबीमा कमिशन वापत २ करोड ९८ लाख, र बीमालेख धितोबाट ३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ । बीमालेख धितोमा कम्पनीको ९७ करोड ८९ लाख रुपैयाँ लगानी छ ।

कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब ७४ करोड ५९ लाख ५६ हजार र जगेडा कोषमा २ अर्ब ७४ करोड र सञ्चित गरेको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको जगेडा ९ प्रतिशत र जीवन बीमा कोष ७.५० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको महाविपत्ती कोषमा २७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले १२ लाख १९ हजार ६४९ बीमालेख जारी गरी कूल १ अर्ब ३५ करोड १४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेको छ । असोज मसान्तसम्ममा इन्स्योरेन्सले २ हजार ७१३ दाबी वापत १ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६२२ दाबीका लागि ७४ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७८, सोमबार  १२ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।