अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ लिई भ्रष्टाचार गर्ने जलश्रोत तथा सिंचाई विकास डिभिजनका सव इन्जिनियर विरुद्ध आरोप पत्र दायर गरेको छ ।
आयोगले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार के.सी.ले विरुद्ध आरोपत्र दायर गरेको हो ।
के.सी.ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस माग गरेका थिए ।
उक्त सूचना एवं उजुरीका आधारमा आयोगको टंगालबाट गएको टोलीले घुस लिइसकेको अवस्थामा मिति असोज १९ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको क्रममा के.सी.ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी भुक्तानी दिने क्रममा भन्दै २ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया