सानिमा जनरल इन्स्योरेन्सको लगानीकर्ताले लाभांश नपाउने

0
Shares

सानिमा जनरल इन्स्योरेन्सको लगानीकर्ताले आर्थिक वर्ष २०७७/७८ बाट लाभांश नपाउने भएका छन् ।

इन्स्योरेन्स कम्पनीको मंसिर ६ गते सोमबार सम्पन्न सञ्चालक समितिको ९५ औ बैठकले लाभांश वितरण गर्ने निर्णय नगरी वित्तत्तीय विवरण स्वीकतिका लागि नियामक निकाय बीमा समितिमा पठाउने निर्णय गरेको हो ।

कम्पनीका सचिव सुबोधलाल श्रेष्ठका अनुसार कम्पनीको मंसिर ६ गते अपरान्ह ४ः०० बजे बसेको सञ्चालक समितिको ९५ औ बैठकले आ.व २०७७।०७८ को बीमा समितिबाट जारी निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरि बीमा समितिको स्वीकृतीको लागी पेश गर्ने निर्णय गरिएको बताए ।

बीमा समितिको निर्देशन अनुसार जगेडा तथा कोषहरु म्जबुत पार्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले गत आवबाट लाभांश वितरण नगरेको हो ।

एक अर्ब चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले २ करोड ४३ लाख ४७ हजार नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको जगेडा कोषमा ९ करोड ६६ लाख रुपैयाँ सञ्चित छ भने बीमा कोषमा १० करोड ४९ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले ६ करोड ५५ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ७ मंसिर २०७८, मंगलबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।