सस्तिँदै सुनचाँदीको मूल्य, यस्तो छ आजको बजार भाउ

0
Shares

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २२५ रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुन ९१ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ मंसिर २०७८, बुधबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।