न्यादी हाइड्रो र सामलिङ्ग पावरको शेयर सूचीकृत, बिहीबारदेखि कारोबार

0
Shares

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर (आईपीओ) बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार न्यादी हाइड्रोपावरको एक करोड ५० लाख कित्ता शेयर र सामलिङ्ग पावरको ५० लाख कित्ता शेयर बुधबार सूचीकृत भएको हो ।

स्टकका अनुसार धितोपत्रको दोश्रो बजारमा कारोबारका लागि न्यादी हाइड्रोपावरलाई एनवाईएडिआई (NYADI) र सामलिङ्ग पावरलाई एसपीसी (NPC) कारोबार संकेत (सिम्बोल) प्रदान गरेको छ । बिहीबारदेखि दुबै कम्पनीको यहि कारोबार सिम्बोलमा दोस्रो बजारमा कारोबार खुल्नेछ ।

न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरी कार्तिक ५ गते, शुक्रबार बाँडफाँड गरेको थियो । कुल जारी भएको २२ लाख ५० हजार कित्तामध्ये १ लाख १२ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि र ४५ हजार कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशका बमोजिम भएको बाँडफाँडमा कम्पनीको शेयर २ लाख ९ हजार २५० जनाले गोलाप्रथाबाट १० कित्ताको दरले पाएका थिए । २० लाख ४५ हजार ८३४ योग्य आवेदक आवेदकको हात खाली भएको थियो ।

अन्तिम दिनसम्म कम्पनीको शेयर खरीदका लागि २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १५० कित्ताको माग परेको थियो । जसमध्ये १३ हजार ९४६ वटा जनाको आवेदन रद्द भएको थियो ।

उता सामलिङ्ग पावरले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता जारी गरेर कार्तिक १६ गते मंगलबार बाँडफाँड गरेको थियो । कुल जारी भएको ७ लाख ३० हजार कित्ता शेयरमध्ये ३६ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि र १४ हजार ६०० कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएर बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशका बमोजिम भएको बाँडफाँडमा कम्पनीको शेयर ६७ हजार ८९० जनाले गोलाप्रथाबाट १० कित्ताको दरले प्राप्त गरेका थिए । उच्च आवेदनका कारण २१ लाख २० हजार ८८८ योग्य आवेदक आवेदकको हात खाली भएको थियो ।

अन्तिम दिनसम्म कम्पनीको शेयर खरीदका लागि २१ लाख ९८ हजार ७६४ जना आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताको माग परेको थियो । जसमध्ये ९ हजार ९८६ वटा आवेदन रद्द भएको थियो ।

कतिमा खुल्छ पहिलो कारोबार ?

कम्पनीले धितोपत्रको दोश्रो बजारमा शेयर खरीद बिक्रीका लागि न्यादी हाइड्रोपावरले एनवाइएडिआर्ई र सामलिङ्ग पावरलाई एसपीसी कारोबार संकेत (सिम्बोल) दिइएको छ ।

बिहीबारदेखि दुबै कम्पनीको धिताेपत्रकाे दोश्रो बजारमा कारोबार सुरू हुनेछ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

न्यादी हाइड्रोपावरको आर्थिक वर्ष २०७६।७७ को परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ न्यूनतम ९४.१३ रूपैयाँ छ । यसअनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्यूनतम ९४.१३ रूपैयाँदेखि अधिकतम २८२.३९ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

उता सामलिङ्ग पावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६।७७ को परिष्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ९८.७७ रूपैयाँ छ । जसअनुसार कम्पनीले न्यूनतम ९८.७७ रूपैयाँ देखि अधिकतम २९६.३१ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ मंसिर २०७८, बुधबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।