कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
संस्थाको मंसिर ८ गते, बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्त सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी २७ करोड ६८ लाख ८० हजार ८९५ रुपैयाँ रहेको छ । प्रस्तावित ३ करोड ५९ लाख ९४ हजार ५१६ रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११ रुपैयाँ पुग्नेछ ।
लघुवित्त कम्पनीले गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा ३ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट लघुवित्तले १० प्रतिशत बोनस वितरण गरेको थियो ।
यस्ताे छ विगतकाे लाभांश इतिहासः-
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2077/2078 | 13.00 | 0.00 | 13.00 |
| 2 | 2076/2077 | 10.00 | 0.00 | 10.00 |
| 3 | 2075/2076 | 12.00 | 0.63 | 12.63 |
| 4 | 2074/2075 | 8.00 | 0.42 | 8.42 |
| 5 | 2073/2074 | 21.21 | 0.00 | 21.21 |
| 6 | 2072/2073 | 65.00 | 0.00 | 65.00 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया