
एभरेष्ट बैंक लिमिटेड (EBL) ले २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले पुस १ गते, आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान १० बजे जुममार्फत साधारण सभा डाकेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र कर सहित गरी ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरणका लागि बैंकले मंसिर १७ गते शुक्रबार शेयर दाखिल खोरेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार मंसिर १६ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताहरुले मात्रबैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया