बिहीबार सामलिङ्ग पावर कम्पनीको नेप्सेमा अधिकतम कारोबार रेञ्जमा स्पेशल प्रि ओपनिङ्गमा धितोपत्र कारोबार खुल्दा न्यादी हाइड्रोपावरको भने शेयर कारोबारमा आउन सकेन ।
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि मंसिर ८ गते बुधबार सामलिङ्ग पावर कम्पनीले र न्यादी हाइड्रोपावरले १ करोड ५० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेका थिए ।
यसअनुसार बिहीबारदेखि दुबै कम्पनीको शेयर कारोबार खुल्नपथ्र्यो । तर नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसन (जुन बिहान साढे १० देखि पौन ११ बजेसम्म १५ मिनेट चल्छ) मा खरीद र बिक्री अर्डर म्याचिङ्ग भएर कारोबार हुनुपर्नेमा न्यादी हाइड्रोपावरको कारोबार म्याचिङ्ग हुन नसक्दा बिहीबार कारोबार नभएको हो ।
अब आइतबार स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग भएको खण्डमा आइतबार तथा सो दिन पनि भएन जुन दिन स्पेशल प्रि ओपनिङ्ग सेसनमा म्याचिङ्ग कारोबार सम्भव हुन सोही दिनदेखि धितोपत्रको दोस्रो बजारमा नियमित कारोबार समयमा शेयर खरीद बिक्रीका लागि बाटो खुल्नेछ ।
सामलिङ्ग पावर कम्पनीको मंसिर ९ गते पहिलो कारोबार नै नेप्सेले दिएको अधिकतम कारोबार रेञ्जमा भएको हो । कम्पनीको १० कित्ता शेयर प्रतिकित्ता २९६.३० रुपैयाँमा पहिलो कारोबार भएको हो ।
एसपीसी (SPC) कारोबार सिम्बोलमा दोस्रो बजारमा कारोबारमा आएको यस कम्पनीलाई नेप्सेले न्यूनतम ९८.७७ रूपैयाँ देखि अधिकतम २९६.३१ रुपैयाँसम्म ओपनिङ रेञ्ज दिएको थियो । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ । आर्थिक वर्ष २०७६।७७ को परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९८.७७ रूपैयाँ छ ।
बुधबार सूचीकृत भएको न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा बिहीबार स्पेशल प्रि ओपन सेसनमा कारोबार हुन सकेन । स्पेशनल प्रि ओपन सेसनमा कारोबार सम्भव नभएपछि बिहीबार कम्पनीको शेयर कारोबार नभएको हो ।
न्यादी को शेयर कारोबारको लागि नेप्सेले एनवाईएडिआई (NYADI) कारोबार सिम्बोल प्रदान गरेको छ । यस्तै पहिलो शेयर कारोबारको लागि न्यूनतम ९४.१३ रुपैयाँ देखि २८२.३९ रुपैयाँसमको कारोबार रेञ्ज प्रदान गरेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ । आर्थिक वर्ष २०७६।७७ को परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९४.१३ रूपैयाँ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया