निर्धन उत्थानको ५२ करोड ६३ लाख लाभांश प्रस्ताव

0
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई कुल ५२ करोड ६३ लाख ४२ हजार १०५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त संस्थाको मंसिर ९ गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २९.५० प्रतिशत (५० करोड २५ लाखको) बोनस शेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत (२ करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ) नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रस्तावित ५० करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा १७.३७२६ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट लघुवित्तले १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्ताे छ विगतकाे लाभांश इतिहासः-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 13.00 0.68 13.68
2 2075/2076 25.00 15.53 40.53
3 2074/2075 20.00 22.11 42.11
4 2073/2074 66.67 14.04 80.71
5 2072/2073 20.00 11.58 31.58
6 2071/2072 48.81 13.10 61.91
7 2070/2071 40.00 12.63 52.63
8 2069/2070 20.00 11.58 30.00
9 2068/2069 3.92 11.87 15.79
10 2067/2068 8.00 0.42 8.42

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० मंसिर २०७८, शुक्रबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।