मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाः आयातमा कडाई

0
Shares

नेपाल राष्ट्रले मौद्रिक नीति मार्फत आयातमा कडाई गरेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा उच्च आयाताले देशको शोधानान्तर घाटा बढ्दै गएको तथा बैंकिङ्ग प्रणालीमा तरलता अभावको समस्या जटिल बनेपछि केन्द्रीय बैंकले आयातामा कडाई गरेको हो ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो समीक्षामा विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिने उल्लेख छ ।

यसैगरी डकुमेन्ट एगेन्स्ट पेमेन्ट र डकुमेन्ट एगेन्स्ट एसेप्टेन्सको विद्यमान सीमा पनि पुनरावलोकन गरिने भएको छ ।

यस्तै चाँही आयातमा पनि कडाई गरिएको छ । चाँदी आयातका लागि ड्राफ्ट टिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षको चार महिनामा वस्तु आयात ६१.५७ प्रतिशतले बढेर ६ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । यस अवधिमा वस्तु निर्यात १०४.२९ प्रतिशतले बढेर ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको निर्यात गरेको छ ।

कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार वैदेशिक व्यापार घाटा ५६.८३ प्रतिशतले बढेर ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । नेपालको कार्तिक मसान्तसम्मममा वैदेशिक व्यापार ६५.४५ प्रतिशतले बढेर ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ पुगेको तथ्याङ्क छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० मंसिर २०७८, शुक्रबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।