नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष सार्वजनिक भएको मौद्रिक नीतिमा पहिलो त्रैमासिक समीक्षा गरेको छ ।
आयातमा कडाई तथा बैकहरुको कर्जा निक्षेप अनुपातको सीमा कायम गर्न बैंकहरुलाई २०७९ असार मसान्तसम्ममा ९० प्रतिशत कायम गर्न दिएको छ ।
मौद्रिक नीतिको अधिकांश नीतिहरुलाई समीक्षामा पनि केन्द्रीय बैंकले यथावत राखेको छ ।
बैंकर तथा लगानीकर्ताले सिडी अनुपात खारेज गरेर सिसिडी कायम गर्न माग गरेपनि मागअनुसारको भने केन्द्रीय बैंकले सम्बोधन गरेन । शेयर धितोकर्जा सीमा ७० प्रतिशत र एकल ग्राहक सीमामा लागू भएको ४/१२ नीतिका बारेमा पनि समीक्षामा केही पनि उल्लेख गरिएको छैन । पुरानो व्यवस्थालाई नै निरन्तरता दिइएको छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पढ्न यहाँ क्लिक गर्नुहोस्
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया