नागरिकलाई अधिकार सम्पन्न बनाउने अभियानमा छाैं: मन्त्री श्रेष्ठ

0
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकारसम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडी बढी राखेको बताएकी छिन् ।

नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमि नगरसम्मेलनको शनिबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गर्न र संविधानमा भएको उनीहरुको हक कार्यान्वयन गर्न आफूले मन्त्रालय संहालेपछि काम शुरु गरिसकेको बताइन् । तर फेरि पनि भूमि सम्बन्धी समस्या आइरहने अवस्थाको अन्त्य गर्नेगरी कार्ययोजना बनाएर काम शुरु भइसकेको उनको भनाई थियो ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक सुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा व्यवस्था गरिसकिएको पनि जानकारी दिइन् ।

उनले भक्तपुरकामा रहेका स्ववासी र बेनिसाको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत नै गर्ने गरी प्रक्रिया शुरु गरेको बताउदै नागरिकले आफ्नै जमिनको मालिक बन्न नपाउने र लालपुर्जाको अभावमा नागरिक बन्ने अधिकार समेत नपाउने अवस्थाको अन्त्य गर्न आफू प्रतिबद्ध भएर लागि परेको समेत बताइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७८, आइतबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।