राष्ट्रिय बीमा कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।
कम्पनीले खुला तथा प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा अधिकृतको नियुक्त गर्नका लागि उम्मेदवारबाट आवेदन माग गरेको हो । आइतबार सूचना जारी गर्दै कम्पनीले १५ दिन भित्र प्रधान कार्यालय राम शाहपथ काठमाण्डांैमा गोप्य शिलबन्दी आवेदन दिन आग्रह गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले आजको १५ दिनभित्र केन्द्रीय कार्यालय, रामशाहपथमा गोप्य शिलबन्दी आवेदन दिन सकिने कम्पनीले जनाएको छ । तीन हजार दर्ता शुल्क तोकिएको सीईओका आवेदकले छनौट सूचीमा परेको खण्डमा व्यवसायिक कार्ययोजनाको बारेमा प्रस्तुतिकरण गर्नुपर्नेछ ।
आवेदकले बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, गणित, कानुन, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तिका स्नाकोत्तर वा सो सरह हासिल गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
यस्तै व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तिमा ५ वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए ८ वर्ष अनुभव भएका व्यक्ति तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तिमा ७ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, चार्टर्ड एकाउन्टेन्ट वा बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्य, शास्त्र, कानुन, गणित, तथ्याङ्क शास्त्र, व्यापार प्रशासनमा स्नातह तह उत्तिर्ण भई बीमा क्षेत्रमा १२ वर्ष तथा बैंकिङ क्षेत्रमा भए १५ वर्ष अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

यसअघि अर्थमन्त्रालयका सह–सचिव डिल्ली अर्यालले कम्पनीमा कामु सीईओको जिम्मेवारीमा रहेपनि उनलाई अर्थले मन्त्रालय फिर्ता बोलाएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया