समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले लाभांश र थप नयाँ साधारण शेयर (एफपीओ) निष्काशन गर्ने प्रस्ताव राखेर पुस ७ गते साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तको मंसिर १० गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले पुस ७ गते, बुधबार बिहान ११ः३० बजे मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा आठौं वार्षिक साधारण सभा डाकेको हो ।
आठौं वार्षिक सभाले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै घरेलु लघुवित्त प्राप्तीपछि लघुवित्त कम्पनीमा सर्वसाधारण शेयरधनीको शेयर अनुपात घटेकाले शेयर संरचना मिलाउन कम्पनीले साधारण सभामा एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । लघुवित्तले ७० प्रतिशत संस्थापक तथा ३० प्रतिशत सर्वसाधारण तर्फको हुनेगरी सर्वसाधारणलाई एफपिओ शेयर जारी गर्ने प्रस्ताव सभामा राखेको छ ।
यस्तै सभाले समता घरेलु लघुवित्त र अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २४ गत शुक्रबार शेयर दाखि खारेजी (बुकक्लोज) मिति तोकेको छ । यस अनुसार मंसिर २३ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका लगानीकर्ताहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।











प्रतिक्रिया