बङ्गलादेश बैंकको नगद लाभांश वितरण

0
Shares

नेपाल बङ्गलादेश बैंक लिमिटेड (NBB) ले २७ औं साधारण सभाले पारित नगद लाभांश वितरण गरेको छ ।

बैंकको शेष्यर रजिष्ट्रार नेपाल बङ्गलादेश क्यापिटलका अनुसार मंसिर २ गते सम्पन्न २७ औं साधारण सभाले पारित भएको ३.५० प्रतिशत नगद लाभांश वितरण गरिएको हो ।

क्यापिटलका अनुसार साधारण सभाको लागि बुकक्लोज गरिएको अघिल्लो दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको हो । २७ औं साधारण सभाका लागि बैंकले कार्तिक १५ गते बुकक्लोज गरेको थियो ।

बैंकले आफ्ना शेयरधनीहरूलाई अझैपनि भौतिक रुपमा भए आफूलाई पायक पर्ने निक्षेप सदस्यकहाँ सम्पर्क गरेर डिम्याट खाता खोली अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

सभाले आव २०७७/७८ को मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर तथा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरि ३.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सभाबाट संस्थापक समूहबाट ए।आर।एम नजमुस शकिब, एम। शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भए भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, ती योगिता दाहाल तथा अमन साह निर्वाचित भएको बैंकले जानकारी गराएको छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७८, आइतबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।