ग्लोबल आइएमई बैंकको कतिमा भयो शेयर मूल्य समायोजन ?

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) को समायोजित शेयरमूल्य प्रतिकित्ता ३३२ रुपैयाँमा कायम भएको छ ।

आइतबार कारोबार भएको अन्तिम मूल्य प्रतिकित्ता ३६५.२० रुपैयाँ लाई आधारमा मानेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ मूल्य निर्धारण गरेको हो ।

स्टकका अनुसार बैंकले मंसिर १३ गते सोमबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो । बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर समायोजन गरीएको हो ।

सोमबार अब नेप्सेले समायोजन गरेको मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार खुल्नेछ ।

बैंकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.५० प्रतिशत नगद लाभांश गरी १३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न बैंकले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिस्थापन कमलादी काठमाडौमा बैंकको १५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७८, सोमबार  ०९ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।