महालक्ष्मी विकास बैंकले ७० करोड ३६ लाख लाभांश वितरण गर्ने

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७० करोड ३६ लाख ६३ हजार ७३२ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको मंसिर १२ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकका कम्पनी सचिव सोमराज पन्तले जानकारी दिए ।

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट बैंकले ८.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४६ प्रतिशत नगद लाभांश गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले प्रस्ताव गरेको लाभांश ११.७९२६ प्रतिशत बढी हो ।

प्रस्तावित लाभांश अनुुसार कम्पनीले ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड ५१ लाख ८३ हजार १८७ रुपैयाँ बराबरको नगद लाभांश वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार ७२४ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँ पुग्नेछ ।

यस्तो छ विगतको लाभांश इतिहासः-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 20.00 1.05 21.05
2 2076/2077 8.80 0.46 9.26
3 2075/2076 8.00 9.89 17.89
4 2074/2075 8.00 7.00 15.00
5 2073/2074 0.00 9.00 9.00
6 2072/2073 8.00   8.00

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७८, सोमबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।