सोमबार मेगा बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै संस्थाले मंसिर १४ गते मंगलबार बुकक्लोज गर्दैछन् ।
यस अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात मंसिर १३ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई सेयरधनी कायम रहेका लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
मेगा बैंक नेपाल (MEGA) ले गत आवबाट लगानीकर्तालाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न २.०७ प्रतिशत नगद लाभांश गरी १२.०७ प्रतिशत तथा ग्लोबल आइएमई लघुवित्त (GILB) ले चुक्ता पूँजीको २८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ः१५ बजे ११ औं र ग्लोबल आइएमई लघुवित्तले मंसिर २८ गते, मंगलबार, होटल पोखरा ग्राण्ड, पार्दीमा बिहान १० बजे नवौँ वार्षिक साधारण सभा डाकेको छ ।
दुबैको सभाले प्रस्तावित लाभांशका अतिरिक्त अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।











प्रतिक्रिया