स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्षमा सुसिल कुमार लुनिया नियुक्त भएका छन् ।
संघका उपाध्यक्ष विनायक सिवाकोटीको अध्यक्षतामा सोमबार बसेको पूर्ण बैठकले यसअघि संयोजक रहेका डिल्लेश्वर (रोहन) कार्कीलाई बर्खास्त गरी लुनियालाई सर्वसम्मत अध्यक्षमा नियुक्त गरेको हो ।
स्वतन्त्र पूँजी बजार सुधार संघका संयोजक रहेका कार्कीले लगानीकर्ताको मर्म र भावना विपरित, संघको मुख्य विचार र धारणको विरुद्धमा उभिएर लगानीकर्ताको आशा र भरोसा तुहाउने गतिविधि गरेको हुनाले कार्कीलाई बहुमत सदस्यको हस्ताक्षरसहित साधारण सदस्य समेत नरहने गरि बर्खास्त गरिएको विज्ञप्तीमा उल्लेख छ ।
सर्वसाधारण लगानी कर्ताको लगानि सुरक्षा, पूँजीबजारलाई प्रभाव पार्ने विभिन्न नीति एवं कार्यक्रमहरुको नितिगत र व्यावहारीक स्थायित्वको निम्ति जुनसुकै र जस्तो सुकै नकारात्मक तत्व व्यक्ति, प्रवृत्ति र संस्थाको विरुद्धमा डटेर सामाना गर्ने बाचा सहित गत असोजमा स्वतन्त्र पूँंजी बजार सुधार संघको नेतृत्वमा डिल्लेश्वर कार्की (रोहन) लाई चयन गरेको थियो ।
राष्ट्र बैंकले शेयर धितोमा कडाई गरेपछि कार्की नेतृत्वको संघले गभर्नरका विरुद्ध चरणबद्ध आन्दोलन समेत गरेको थियो । तर पछिल्लो समय पूँजी बजारलाई ध्वस्त पार्न खोज्ने नियमकारी निकायले एकपछि अर्को गरि प्रतिकुल नीतिहरु ल्याउँदै गर्दा उक्त नीतिहरूलाई एकदम सहि हो भन्ने किसिमको अभिव्यक्ति दिने, संघको मूल्य मान्यतालाई पालना नगर्ने, समितिका अन्य सदस्यहरूलाई व्यक्तिगत स्वार्थको निमित्त प्रयोग गर्न खोज्ने संस्थाको स्थापनाकाल देखि नै पूंजी बजारमा समय समयमा जगन्य भस्ट्राचार, गैरजिम्मेवारीपना, पूँजी बजारलाई नकारात्मक प्रभाव पार्ने विभिन्न गतिविधि भैइरहदा जिम्मेवार भएर सयोजकको भूमिका नखेल्ने, वर्षीदेखि खोलिएका नाम मात्रका लगानी कर्ता संघहरुसँ मिलि उही पुरानै शैली दोहोर्याउन खोज्ने र समाजिक सञ्जालको सस्तो लोकप्रियतामा मात्र रमाउन खोज्ने जस्ता उदाशिन र गैरजिम्मेवार गतिविधि देखिएकाले संयोजक कार्कीलाई समितिका बहुमत सदस्यहरुको हस्ताक्षर सहित साधारण सदस्य समेत नरहने गरि सोमबारबाटै बर्खास्त गरिएको जनाएको छ ।
संघको उपाध्यक्षमा विनायक सिवाकोटी (आदित्य) सचिवमा उमेश राज सिलवाल, कोषाध्यक्षमा रामकृष्ण ढकाल, उपसचिवमा अरुण वियानी, सहसचिवमा शिरिष आचार्य, तथा सदस्यहरुमा क्रमशः रत्न काजी महर्जन, राजेन्द्र खड्का, ज्यानेन्द्र झा, विमला न्यौपाने, सज्जा भूषाल र वरिष्ठ सल्लाहाकारमा उपेन्द्र राज पाठक र ओम प्रसाद भट्टराईलाई चयन भएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया