मौद्रिक नीतिपछि १०१ अंकले घट्यो नेप्से

0
Shares

पूँजी बजारमा राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षापछि १०१ अंकको गिरावट आएको छ । आइतबार ८० अंकले घटेको बजारमा सोमबार पनि २१ अंकको गिरावट आएको हो ।

राष्ट्र बैंकले विद्यमान सिडी रेसियोमा आगामी असार मसान्तसम्मका लागि केही लचकता अपनाएपनि सेयर धितोकर्जामा रहेको ४.१२ को सीमा नहाटउँदा लगानीकर्तामा बजारप्रतिको मनोबल गिरेको हो । लगानीकर्तामा समीक्षा मार्फत सम्बोधन हुने आशा भएपनि राष्ट्र बैंक आफ्नो नीतिगत अडानमा कायमै रहँदा त्यसको असर बजारमा परेको हो ।

अर्कोतर्फ मौद्रिक नीति बजारमैत्री नआएको भन्दै बजार घटाउने समुहहरुले पनि बजारमा सक्रिय चलखेल गरिरहेको लगानीकर्ताको बुझाई छ । नेपाल राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्नुभन्दा अगावै शेयर धितोकर्जाको एकल ग्राहक सीमा संसोधन नहुने स्पष्ट संकेत गरेपनि नीति सार्वजनिकपछि निरन्तर बजार घट्नुलाई बजार घटाएर नै नियामक निकायलाई जवाफ दिन खोजेको रुपमा समेत विश्लेषण गरिएको छ ।

सोमबार नेप्से ०.८२ प्रतिशत अर्थात २१.४८ अंकले घटेर २६३०.०१ बिन्दुमा झरेको छ । कारोबार समय अवधिभर तीव्र उतारचढाव आएको बजार २६७७ अंकसम्म उक्लिएको थियो । तर बिक्री चाप अधिक आएपछि बजार पुनः ओरालो लागेको हो ।

नेप्से घटेसँगै सोमबार कारोबार रकममा पनि ओरालो लागेको छ । आइतबार ५ अर्ब ८३ करोडको शेयर कारोबारमा आएकोमा सोमबार १ अर्ब ८३ करोडले घटेर ४ अर्बमा खुम्चिएको छ ।

यसदिन २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर ५१ हजार १३८ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ कायम भएको छ । ७४ कम्पनीहरको शेयर मूल्य बढेको छ १४२ कम्पनीको शेयरमूल्य घटेको छ । ११ कम्पनीको शेयरमूल्य स्थीर छ ।

सोमबार काोबारमा आएका जलविद्युत र म्युचुअल फण्ड सामान्य सकारात्मक हुँदा दश उपसमहुगत सूचक राताम्मे बनेका छन् । होटल सर्वाधिक २ं२५ प्रतिशतले घटेको बजारमा अन्य र विकास बैंक पनि १ प्रतिशत बढीले घटेका छन् ।

यसदिन न्यादी जलविद्युत कम्पनी र सामलिङ्ग पावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । न्यादीको शेयर २८.२० रुपैयाँ बढेर ३१०.५० रुपैयाँ पुग्दा सामलिङ्ग पावरको ३४.६० रुपैयाँ बढेर ३८१.४० रुपैयाँ पुगेको छ । उता चलखेल गरी आइतबार बढाइएको आईसिएफसि फाइनान्सको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेर घटेको छ । फाइनान्सको शेयर ९३.२० रुपैयाँ घटेर ८३८ रुपैयाँमा झरेको हो । चन्द्रागिरि हिल्स, महालक्ष्मी विकास बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आईसिएफसिको शेयर मूल्यमा चलखेल, एउटा कारोबारमा ११% ले बढाइयो मूल्य

आज महालक्ष्मी विकास बैंकको शेयर सबैभन्दा धेरै ६१.०४ करोडको खरिद बिक्री भएको छ । नेशनल हाइड्रोपावरको १५.१२ करोड तथा र आईसिएफसि फाइनान्सको १२.४९ करोडको शेयर कारोबारमा आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७८, सोमबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।