मेगा बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाकोसेयरमूल्य समायोजन भएको छ । दुबै कम्पनीले गत आवको नाफाबाट प्रस्ताव गरेको बोनस सेयरको बुकक्लोजसँगै मंगलबार मूल्य समायोजन भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मेगा बैंक (MEGA) को १० प्रतिशत बोनस सेयर समायोजनपछि २९२.७३ रुपैयाँ र ग्लोबल आइएमई लघुवित्त (GILB) को २८ प्रतिशत बोनस सेयरको समायोजनपछि १ हजार ६९९.३० रुपैयाँ निर्धारण गरिएको छ ।
सोमबार बैंकको ३२२ रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको २ हजार १७५.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोमबार कायम अन्तिम सेयर मूल्यलाई आधार मानेर बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो । यससँगै अब मंगलबार समायोजित शेयरमूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ ।
मंगलबारदेखि समायोजित शेयरमूल्यमा शेयर खरीद गर्ने लगानीकर्ताले भन लाभांश पाउनेछैनन् ।
बैंकले मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ः१५ बजे ११ औं र ग्लोबल आइएमई लघुवित्तले मंसिर २८ गते, मंगलबार, होटल पोखरा ग्राण्ड, पार्दीमा बिहान १० बजे नवौँ वार्षिक साधारण सभा डाकेको छ ।
दुबैको सभाले प्रस्तावित लाभांशका अतिरिक्त अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।











प्रतिक्रिया