सुनचाँदीको मूल्यमा मंगलबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा १०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९१ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.९२ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



.png)








प्रतिक्रिया