बन्दिपुरलाई मासु र दूधमा ‘हब’ बनाइँदै

0
Shares

बन्दिपुर गाउँपालिकाले गाउँपालिकालाई मासु र दूध क्षेत्रमा ‘हब’ बनाउने गरी पशुपालन व्यवसायलाई प्राथामिकता दिएको छ ।

गाउँपालिकाले पशुपालन किसानलाई प्रोत्साहन गर्न दूध तथा मासुमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको र पाँच वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्यसहित बन्दिपुर–१ नहालामा पशुपक्षी विकास शाखाको भवन निर्माण गरेर सेवा दिन थालेको छ ।

स्थानीयवासी छलिमाया श्रेष्ठले करिब एक करोड मूल्य बराबरको उन्नाइस आना जग्गा निःशुल्कः उपलब्ध गराएपछि नेपाल लाइभस्टक सेक्टर इनोसेसन (एनएलएसआइपी) को सहयोगमा रु एक करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

गाउँपालिकाले दूध प्रतिलिटर एक रुपैयाँ अनुदान दिनाका साथै मासु उत्पादनमा पनि प्रोत्साहनका लागि अनुदान दिने तयारी गरेको छ । यस भवनबाट पशुपालन किसानलाई दिइने सेवा, उत्पादन वृद्धि, पशुमा कृत्रिम गर्भाधान, प्रयोगशाला, प्राविधिक सुझाव, घाँसको बिरुवा वितरण र आवश्यक सिफारिस दिन सहज भएको पशुपक्षी विकास शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए ।

उक्त भवनबाट सेवा प्रवाह गर्न थालेसँगै गाउँपालिकाका व्यावसायिक पशुपालन किसानलाई थप प्रोत्साहन गर्न सहज भएको उनले बताए । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न थालेकाले यसतर्फ उनीहरूकोे आर्कषण बढ्दै गएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।