हिमालयन बैंक लिमिटेड (HBL) ले मंगलबारदेखि कैलाली जिल्ला स्थित टीकापुर नगरपालिका -१, जमरापारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको टीकापुरमा मंसिर १४ गते मंगलबारदेखि शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ । टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार सुरु गरेको छ ।
बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले बताए ।
यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र पाँच हजार बढी पीओएस टर्मिनल संख्याबाट पुगेको छ ।











प्रतिक्रिया