घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिना लाभांश पुस १० गते छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले होटल रुबस बैयावेहडी धनगढी कैलालीमा बिहान १० बजे सभा बोलाउने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ बाट कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छैन ।
सभामा गत आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका रहेका छन् ।
युनिक लघुवित्त वित्तीय संस्था मर्जर सम्झौता गरेको यस लघुवित्त वित्तीय संस्थाको हाल शेयर कारोबार रोक्का रहेको छ ।
घोडीघोडा र युनिक लघुवित्त वित्तीय संस्था बीच २०७७ कात्तिक २१ गते मर्जर सम्बन्धी प्रारम्भिक समझदारी भएको थियो । कात्तिक २३ गतेदेखि नै घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया