श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लिलामणि न्यौपाने दोहोरिएका छन् ।
कम्पनीले नेप्सेमार्फत दिएको सूचनामा न्यौपानेलाई मंसिर २३ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष करार अवधि रहने गरी पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई दोस्रो कार्यकालाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया