सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक

0
Shares

बुधबार सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर मूल्य बढेको छ ।

सर्वसाधारणमा शेयर जारी गरी हालै मात्र धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएका दुबै कम्पनीको शेयर बिक्री चाप न्यून भई खरीदतर्फ उच्च चाप बढ्दा साताको चौथो कारोबार दिन दुबै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

बुधबार सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ४१.९० रुपैयाँले वृद्धि हुँदै प्रतिशेयर ४६१.४० रुपैयाँ पुगेको हो । उता न्यादी हाइड्रोपावरको शेयरमूल्य पनि ९.९९ प्रतिशत (३४.१० रुपैयाँ) ले बढेर ३७५.६० रुपैयाँ पुगेको छ ।

बुधबार सवा २ बजेसम्ममा सामलिङ्ग पावरको १४ वटा कारोबार मार्फत १३० कित्ता शेयर कारोबारमा आएको छ भने न्यादी हाइड्रोपावरको १४० कित्ता शेयर कारोबारमा आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार  १४ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।