बैध रूपमा अबैध काम भइरहेकाले भन्सारमा कडाइ : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय केही वस्तुको आयातमा कडाइ गरिएको जानकारी दिएका छन ।

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै सो जानकारी दिए । ‘बैध रूपमा अबैध काम भइरहेको’ भन्दै उनले भन्सारमा कडाइ गरिएको बताए। त्यसरी कडाइ गर्दा ठूलो मात्रामा सुन भित्रिएको उनले बताए ।

‘बैध रूपमा अबैध काम भइरहेको छ यहाँ’, मोबाइल पनि अबैध रूपमा भित्रिइरहेकोप्रति सङ्केत गर्दैै मन्त्री शर्माले भन्ने, ‘सुनको बाला बनायो अनि लगाएर आयो । त्यस्तालाई केही समय जफत नगरौँ भनेर नीति लिएर निगरानी गर्दा दैनिक २१/२२ किलो सुन आएको भेटियो ।’ उनले त्यस्ता सुनको भन्सार लिएर छोडिएको समेत जानकारी दिए ।

यसैगरी उनले मोबाइलको पनि नेपालमै उत्पादन कम्पनी स्थापना गर्न व्यवसायीहरूलाई आग्रह गरे । त्यसका लागि अर्थ मन्त्रालयको तर्फबाट सहजीकरण गर्न तयार रहेको समेत व्यवसायीहरूलाई विश्वास दिलाए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार  १४ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।