लक्ष्मी बैंक (LBL) ले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण सुरु गरेको छ । यस योजना अन्तर्गत बैंकले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ ।
बैंकको अनुसार डिसेम्बर भरी चल्ने यो एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो ।
डिजिटल डिसेम्बरको यस संस्करण क्युआर भुक्तानीको प्रवद्र्वन गर्नमा केन्द्रित छ र लक्की ड्र द्वारा आफ्ना ग्राहकहरुलाई क्युआर भुक्तानी गर्न र व्यवसायीहरुलाई क्युआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ ।
यस योजना अन्तर्गत डिजिटल डिसेम्बरभरी हरेक हप्ता ३ भाग्यशाली क्युआर व्यवसायीहरुले ५ हजार नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्युआर भुक्तानी गर्ने ग्राहकले ५०० रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्नेछन् ।
साथै यस योजनाको अवधि भरी मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनी मार्फत १००० भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्ये ५०० जना ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा ५०० क्यासब्याक पाउन सक्नेछन् ।
यसका साथसाथै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाईल मनी सब्सक्राइब गर्ने सबैले एक महिना सो सेवा निःशुल्क पाउन सक्नेछन् ।
बैंकले यस अन्तर्गतका पुरस्कारका योजनाहरु यसै साता देखी सार्वजनिक गर्दै जाने जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया