एभरेष्ट बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड गरी तीन कम्पनीको प्रस्तावित लाभांश खान बिहीबार (मंसिर १६ गते) सम्म शेयर खरीद गरी सम्बन्धीत कम्पनीको शेयर लगत पुस्तिकामा सेयरधनी बन्नुपर्ने देखिएको छ ।
गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश वितरण र साधारण सभाका लागि तीववटै कम्पनीले मंसिर १७ गते शुक्रबार बुकक्लोज मिति तोकेका छन् ।
बुकक्लोज मिति अनुसार अघिल्लो कारोबार दिनसम्म सेयरधनी कायम हुनेले मात्र लाभांश पाउँछन् ।
यसअनुसार लाभांश खान इच्छुक लगानीकर्ताले आजसम्म सेयर खरीद गरेमात्र लाभांश पाउनेछ । शुक्रबार बोनसमा सेयरमूल्य समायोजन पश्चात सेयर खरी दगर्नेले लाभांश पाउँदैनन् । यस्तै आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
गत आर्थिक वर्षको नाफाबाट एभरेष्ट बैंक लिमिटेडले चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोमा लाग्ने कर सहित गरी ४.३२ प्रतिशत नगद १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उता सबैको लघुवित्तको पनि गत आवको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।
लाभांश पारित गर्नका लागि एभरेष्ट बैंकले पुस १ गते बिहान १० बजे केन्द्रीय कार्यालय लाजिम्पाटमा २७ औं वार्षिक साधारण सभा डाकेको छ । शाइन रेसुङ्गाले मंसिर २९ गते बिहान ११ बजे महाराजा रिसोर्ट बुटवलमा तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ । सबैको लघुवित्तले पुस ३ गते शनिबार बिहान ११ बजे बन्दिपुर माउन्टेन रिसोर्ट, बन्दिपुरमा पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया