लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले आगामी पुस ९ गते १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले पुस ९ गते केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान सवा ११ बजे १४औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । कोभिड महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न हुनेछ ।
सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर बोनसमा लाग्ने कर प्रयोजनका लागि ०. ६८४ प्रतिशत नगद गरी कुल , १३.६८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यसैगरी सभाको अन्य प्रस्तावमा कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले मंसिर २७ गते सोमबार बुकक्लोज तोकेको छ । बुकक्लोजको आधारमा मंसिर २६ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई शेयरधनीहरु कायम लगानीकर्ताले मात्र साधारण सभामा प्रतिनिधित्व गर्न र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया