सानिमा बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २२० रुपैयाँ

0
Shares

सानिमा बैंक लिमिटेड (SANIMA) ले एकैपटक १० लाख कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ ।

बैंकका केही संस्थापक सेयरधनीहरुले उक्त शेयर बिक्रीका लागि निवेदन दिएपछि सञ्चालक समितिको बैठकले प्रकृया अगाडि बढाएको हो ।

यसअनुसार बैंकका विद्यमान सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने कारणले इच्छुक संस्थापकहरुले मात्र पहिलो चरणमा आवेदन दिन पाउनेछन् ।

उनीहरूले आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् । सेयर खरीदका लागि न्यूनतम १ लाख कित्ताका लागि निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

उक्त समय अवधिमा विद्यमान संस्थापकहरुबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने बैंकले जानकारी दिएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०७८, शुक्रबार  ११ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।