साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदबिक्री भएको छ ।
उक्त कम्पनीको २३ लाख ५० हजार बराबरको शेयर खरीद बिक्री भएको हो । राइट ब्याक प्रोभिजनले हाइड्रोपावरको नाफा बढेसँगै कारोबार पनि बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ५८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा कारोबारमा आएका २५ कम्पनीका ७ हजार ३७९ कित्ता शेयर ३२ लाख ७४ हजार २७० बराबरको शेयर खरीद बिक्री भएका थिए । कुल कारोबारको करिब ७२ प्रतिशत कारोबार नेशनल हाइड्रोपावरको भएको हो ।
आज प्रि-ओपन सेसनमा नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ०.६४ अंक बढेको छ । नेप्से परिसूचक २ हजार ५८६ दशमलव ८३ बिन्दुमा पुगेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया