
नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) को मंसिर १७ गते शुक्रबार सम्पन्न साधारण सभाबाट चार जना सञ्चालक निर्वाचित भएका छन् ।
सभाले संस्थापक शेयरधनी समूहबाट पृथ्वीबहादुर पाँडे, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ र कवि कुमार टिवरेवाल निर्वाचित भएका हुन् ।
वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पूँजीको १२।६११ प्रतिशत बोनस र ३।३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो । जस अनुसार बैंकले १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ गरि २ अर्ब ६० करोड ११ लाख ७२ हजार ७२० रुपैयाँ लाभांश वितरण गर्नेछ ।
बैंकको ३५ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण गर्न लेखापरीक्षकमा जि पि राजबाहक एण्ड कम्पनीको तर्फबाट अशेष राजबाहकलाई नियुक्त गरेको छ । उक्त कम्पनीलाई कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ बमोजिम नियुक्त गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया