हिमालयन र इन्भेष्टमेण्ट बैंकले मर्जर सम्पन्न गर्न मागे थप समय

0
Shares

हिमालयन र इन्भेष्टमेण्ट बैंकको संयुक्त मर्जर कमिटी मर्जरका लागि थप समय माग गर्दै नेपाल राष्ट्र बैंक पुगेको छ । यसअघि थपिएको समयमा मर्जर नटुङ्ग्याएपछि आइतबार फेरि एक महिना समय थप्न कमिटी राष्ट्र बैंक समक्ष पुगेको हो ।

मर्जरका लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच गत बैशाख ३० गते प्रारम्भिक सम्झौता भएको थियो। त्यसपछि दुबै बैंक सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक पुगेकोमा जेठ २० गते नै सैद्धान्तिक स्वीकृत (एलओआई) पाएका थिए ।

मर्जर नीति अनुसार एलओआई पाएको ३ महिनाभित्रै एकीकृत कारोबारका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृत लिनुपर्ने हुन्छ ।

तर साे समयमा ३ महिनामा आवश्यक प्रक्रिया पूरा गर्न नसकेको भन्दै अन्तिम मौका दिन राष्ट्र बैंकमा आग्रह गरेका थिए । दुबै बैंककाे अनुराेधपछि केन्द्रीय बैंकले गत असोज १९ गते मर्जर सम्पन्न गर्न थप २ महिनाका समय दिएको थियो । उक्त समय आइतबार सकिएसँगै पुनः एक महिनामा मर्जरलाई अन्तिम रुप दिने भन्दै दुबै बैंक पुनः राष्ट्र बैंकको शरणमा पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले संयुक्त मर्जर कमिटीले दिएको निवेदन हेरेपछि मर्जरलाई मूर्त रुप दिने मुनासिब कारण देखेमा राष्ट्र बैंकले मर्जका लागि म्याद थप गर्नसक्ने बताए । राष्ट्र बैंकले मर्जरका लागि यति महिना, यति समय, यति दिन समय थप गर्ने भन्ने नहुने भन्दै उनले आवश्यकता हेरी संयुक्त मर्जर कमीटीबाट माग भए अनुसार समय थपिने जानकारी दिए ।

मजर्र प्रकृयामा रहेको हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष तुलसी गौतम फेरिएर प्रचण्डमान श्रेष्ठ बैकको अध्यक्ष भएपछि मर्जर प्रक्रियामा समस्या देखिन थालेको थियो । नेपाल इन्भेषटमेन्ट बैंकले वार्षिक साधारण सभा मार्फत् मर्जरको प्रस्ताव पारित गरिसकेको छ भने हिमालन बैंकले भने साधारण सभा ने आह्वान गर्न सकेको छैन । 

यता मर्जरको प्रारम्भिक सम्झौता गरेपछि लामो समय (वैशाख ३१ गते) देखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुबै बैंकको सेयर कारोबार रोक्का छ । कारोबार रोकिँदा दुबै बैंकको शेयर लगानीकर्ताको सम्पत्ति साढे ६ महिना यता बन्धक बनेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार  १८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।