जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JSLBB) ले आर्थिक वर्ष २०७७/७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । संस्थाको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लघुवित्तले चुक्ता पूँजी ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँको २५ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ८१ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशतले हुन आउने १५ लाख ५६ हजार ९०६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदनपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
चुक्ता पूँजी ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँ रहेको लघुवित्तको २५ प्रतिशत (२ करोड ९५ लाख ८१ हजार २०० रुपैयाँ) बराबरको बोनस सेयर वितरणपछि १४ करोड ७९ लाख ६ हजार रुपैयाँ पुग्नेछ ।
अघिल्लो आव २०७६/७७ बाट लघुवित्तले चुक्ता पूँजीको ४९.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तो छ लघुवित्तको लाभांश इतिहासः-
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2076/2077 | 49.40 | 2.60 | 52.00 |
| 2 | 2075/2076 | 25.00 | 1.32 | 26.32 |
| 3 | 2074/2075 | 20.00 | 1.05 | 21.05 |
| 4 | 2073/2074 | 20.00 | 1.05 | 21.05 |
| 5 | 2072/2073 | 20.00 | 20.00 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया