प्रि-ओपनिङ्ग मै नेप्से दबाबमाः सूचक करिब ५ अंकले घट्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि-ओपनिङमा पनि शेयर बजार दबाबमा देखिएको छ ।

यस अवधिमा नेप्से सूचक ४.९१ अंकले घटेर २५०८.९६ बिन्दुमा झरेको छ । कुल ९ कम्पनीका १ हजार १४३ कित्ता शेयर ६ लाख ९७ हजार ५७९ रुपैयाँमा खरीद बिक्री भएको छ ।

कारोबारमा आएका ९ मध्ये ४ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

सशाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कालिका पावर, एक्सेल डेभलपमेन्ट बैंक र नेशनल हाइड्रोपावरो मूल्य बढेको छ भने अपर तामाकोशी, नेपाल टेलिकम, पोखरा फाइनान्स र नबिल बैंकको मूल्य घटेको छ।, महालक्ष्मी विकास बैंकको शेयरमूल्य स्थीर छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।