नेरुडे लघुवित्तको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम

0
Shares

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) को १ हजार ४९४ कित्ता संस्थापक लिलामी सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन हो ।

इच्छुक आवेदकले सोमबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० तोकिएको छ । इच्छुक आवेदकले सो वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

शिलबन्दी बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताका लागि हद नतोकिएकाले लिलामी खुला गरिएको सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

लघुवित्तले कात्तिक १६ गतेदेखि १ हजार ४९४ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो ।

सेयर बोलकबोलका लागि लघुवित्तले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार  १२ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।