अभिनेत्री ज्याकलिन फर्नान्डेज सम्पत्ति शुद्धीकरण (मनी लान्ड्रिंग) मुद्दामा मस्कटको उडान भर्नबाट प्रतिबन्धमा परेकी छिन् । स्रोतहरूका अनुसार अध्यागमन अधिकारीहरूले ज्याकलिनलाई देश छोड्नबाट एयरपोर्टमै रोकेका थिए ।
फर्नान्डेजलाई आइतबार साँझ अध्यागमन अधिकारीहरूले मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा मस्कटको उडान भर्नबाट प्रतिबन्ध लगाएका हुन् ।
सुकेश चन्द्रसेकरको २०० करोड भारतीय रुपैयाँ फिरौतिको मामलामा उनी संलग्न रहेको पाएपछि उनको विरुद्धमा प्रवर्तन निर्देशनालय (ईडी) ले एलओसी (लुक आउट सर्कुलर) जारी गरेको थियो । तिहार जेलमा रहेका बेला चन्द्रसेकरले एक व्यापारीकी पत्नीबाट २०० करोड रुपैयाँ जबर्जस्ती लुटेको आरोप छ ।
कानून प्रवर्तन एजेन्सीहरूले संदिग्ध वा अभियुक्त विरुद्ध हवाई, सडक वा जलमार्गबाट देश छोड्न अनुमति नदिनेगरी सर्कुलर जारी गर्ने गर्दछन् । निर्देशनालयले अभिनेत्री फर्नान्डेजलाई भारत छाड्न नदिने निर्देशन सहित एलओसी जारी गरिएको थियो । घटनापछि, ईडीका अधिकारीहरू एयरपोर्ट पुगेर छोटो सोधपुछ पछि छोडिएको र उनीहरूले अभिनेत्रीलाई सोधपुछका लागि दिल्लीको जाँच एजेन्सीमा उपस्थित हुन भनिएको थियो । यस मुद्दाको सुनुवाईका लागि ज्याकलिनलाई अदालतले छिट्टै बोलाउने बताइएको छ ।
ईडीले आफ्नो चार्जशीटमा चन्द्रशेखरले फर्नान्डेजलाई ५२ लाख भारुको घोडा र ९ लाख भारु मूल्यको एउटा फारसी बिरालो र १० करोड उपहार दिएको समावेश गरेको छ । चन्द्रसेकरबाट बलिउड अभिनेतासम्म पुग्ने अपराधको कथित रकमको अनुसन्धान जारी छ र अभिनेत्रीसँग फेरि सोधपुछ हुने भएको छ ।
सन् २००६ को मिस युनिभर्स श्रीलंका प्रतियोगिताको विजेता तथा श्रीलंकाली अभिनेत्री तथा मोडेल ज्याकलिन फर्नान्डेजले मुख्य रुपमा हिन्दी फिल्महरुमा काम गर्छिन् । सन् २००९ मा, अलादिनसँग डेब्यू गरेकी उनले त्यसपछि हिन्दी फिल्म उद्योगमा आफ्नो करियर स्थापना गरेकी थिइन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया