युएईमा रोजगारीका लागि पुगेका नेपालीहरुका लागि खुशीको खबर

0
Shares


संयुक्त अरब इमिरेट्स (युएई) ले हप्तामा दुई दिन विदा दिने भएको छ । नयाँ वर्ष २०२२ को जनवरीबाट लागू हुने गरि युएईले आफ्नो कार्यहप्ता सोमबार देखि शुक्रबारसम्म पाँच कार्य दिन बनाउने भएको हो ।

जनवरीदेखि युएईका कामदार तथा कर्मचारीले शनिबार र आइतबार विदा पाउनेछन् । कर्मचारीहरुको कार्य दक्षता उकास्ने र सामाजिक जीवनस्तर वृद्धि गर्ने सोच सहित यो व्यवस्था गर्न लागेको जनाइएको छ ।

यो व्यवस्थाले वैदेशिक रोजगारीका लागि युएईमा रहेका नेपालीहरु समेत लाभान्वित हुने भएका छन् । नेपाली कामदारका लागि युएई चौथो प्रमुख गन्तव्य हो । त्यहाँको कुल जनसंख्या मध्ये करिब ३ लाख जनसंख्या नेपालीहरुको छ ।

युएईका सरकारी कर्मचारीहरुलाई भने पारम्पारिक मुश्लिम बिदा दिवसलाई कायम गर्दै शुक्रबार आधा दिन मात्रै काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७८, मंगलबार  १७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।