स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आइसिएफसि फाइनान्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने बुधबार (मंसिर २२ गते) अन्तिम दिन रहेको छ ।
दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २३ गते बिहीबार बुकक्लोज गर्ने मिति तोकेका छन् । बुकक्लोज अनुसार बसधबारसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम हुने लगानीकर्ता मात्र लाभांश पाउन योग्य हुनेछन् ।
स्वाभिमान लघुवित्त (SMFBS) ले चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र बोसनमा लाग्ने कर प्रयोजनाको लागि १.७० प्रतिशत नगद तथा आइसिएफसि फाइनान्स (ICFC) ले चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनसमा लाग्ने कर सहित गरी ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
धितोपत्रको दोस्रो बजारमा मंगलबार स्वाभिमान लघुवित्तको प्रतिकित्ता २ हजार ६१९ रुपैयाँ र आईसिएफसि फाइनान्सको ७१२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
स्वाभिमान लघुवित्तले पुस ८ गते, बिहीबार, दिउँसो १ देखि भर्चुअल माध्यमबाट पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै पुस ५ गते, बिहान १० बजे आम्रपाली ब्यांक्वेट भाटभटेनीमा अठारौं वार्षिक साधारण सभा बोलाएको छ ।
दुबैको सभाले प्रस्तावित लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।











प्रतिक्रिया