सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, यस्तो छ आजको बजार भाउ

0
Shares

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुन ९१ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।

साथै मंगलबार सुन प्रतितोला २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।